युट्युबमा उपलब्ध "हेर्ने कथा"मा हालसालै प्रसारण भएको एउटा कथा छ , "सुगन्धी कथा"। प्रेमको, मित्रताको, सामर्थ्यको, सपोर्टको, साझेदारीको, निशर्त मायाको, स्वतन्त्रताको, निजत्व (इन्डिभिजुआलिटि) को सम्मानको, र अरु धेरै कुराको कथा हो यो । के के को कथा हो भनेर थाहा पाउन एकपटक हेरेको राम्रो । एउटा परिवारको यो कथाले हामी मध्ये धेरैलाई जो सार्वजनिक खपतका लागि धेरै ठूला कुरा बोल्छौँ, लेख्छौँ, तर घरमा, समाजमा, परिवारमा कति ढोंग र द्वैधता बाँचिरहेका छौँ भनेर झस्काउन सक्छ । कम्तीमा म झस्केँ । यो कथा हेरेपछि मैले आफूले एउटी आधुनिक र प्रजातान्त्रिक महिला, श्रीमती र आमाको रुपमा आफुलाई दाबी गरेर बाँचिरहेको जिन्दगीमा पनि कति धेरै द्वैधताहरु बाँचिरहेको रहेछु भनेर झस्केँ । पत्रिकामा, सार्वजनिक बहसमा, चिया गफमा धेरैपटक सार्वजनिक खपतका लागि ठूला गफ दिने म आफैले घरभित्र मेरो लोग्ने र मेरा छोराछोरीको,आमाबुबाको, भाइबहिनीको, बुहारीहरुको, स्वतन्त्र पहिचानको, गतिविधिको, निजत्वको कति सम्मान गरेको रहेछु, म कति प्रजातान्त्रिक रहेछु, मेरो उनीहरु प्रतिको प्रेम कति निशर्त रहेछ त ?
"खुला किताब" (र तिनलाइ पढ्ने) हरुका नाममा